SHARE
लोक पथ · बिहीबार १५ असो २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेबाट अन्त्य हुने

काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।