बत्ती निर्माणको काममा बिल मिलाएर ९ लाख बढी हिनामिना, अख्तियारद्वारा ८ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित ८ जनाले गैरकानुनी लाभ वा हानि गरेको भन्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।