ग्लोबल आइएमई क्यापिटलको १९औँ साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट शेयरधनीलाई कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसअनुसार १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गरिनेछ । साधारणसभा सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो।