पुँजी बजारको गिरावटप्रति अर्थ समितिमा चासो, नियामक निगरानी बढाउन माग
काठमाडौं । नेपालको पुँजी बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्ताको घट्दो विश्वासप्रति संसदीय अर्थ समितिको बैठकमा गम्भीर चासो व्यक्त गरिएको छ । बुधबार बसेको समितिको बैठकमा लगानीकर्ताका प्रतिनिधिहरूले दोस्रो बजारलाई बलियो बनाउन नियामक निकायको प्रभावकारी भूमिका र नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् ।