SHARE
लोक पथ · मङगलबार १३ असो २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

आईसीएफसी फाइनान्सले पारित गर्‍यो १०.५२६३ प्रतिशत नगद लाभांश

काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २३औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेज, पिपलबोटमा साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।