SHARE
लोक पथ · मङगलबार १३ असो २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

मर्स्याङ्दी नदी थुनिएपछि ताल बन्यो, खुलाउने प्रयास जारी

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ । नदी थुनिएर बनेको ताललाई स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरी खोल्ने काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार नदीको धार परिवर्तन गरी पानी आंशिक रूपमा बगिरहेको छ ।