SHARE
लोक पथ · मङगलबार १३ असो २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

अध्ययन बिदा लिएर सेवामा नफर्किने त्रिविका शिक्षक-कर्मचारीमाथि कारबाही

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर विदेश गएपछि विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट रकम असुलीलाई तीव्र बनाएको छ । त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा छुट्टाछुट्टै प्रकरणबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुल गरिएको छ ।