SHARE
लोक पथ · मङगलबार १३ असो २०८३ १२:२६ AM · 1 मिनेट पढाइ

अब अपांगता सेवा र तथ्यांक एउटै डिजिटल प्रणालीबाट

काठमाडौं । अपांगता भएका व्यक्तिको पहिचान, तथ्यांक व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणालीमार्फत हुने भएको छ । अपांगता व्यवस्थापन सूचना प्रणाली (डीएमआईएस)लाई सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स)मा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको हो ।