SHARE
लोक पथ · सोमबार १२ असो २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

त्रिविले असुल गर्‍यो अध्ययन बिदापछि काममा नफर्कने शिक्षक/कर्मचारीबाट १६ करोड रुपैयाँ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ । त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर भइसकेको छ ।