SHARE
लोक पथ · सोमबार १२ असो २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

ललितपुरको धापाखेलमा पहिरो, तीन तले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलस्थित प्रगति टोलमा आज बिहान साढे तीन तलाको घर पहिरोमा परेर ढलेको छ । ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुका अनुसार आज सोमबार बिहान ५ः३८ बजे धापाखेलस्थित मन्जुकुमारी राईको घर ढलेको हो ।