SHARE
लोक पथ · आइबार​ ११ असो २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

नुवाकोट । लगातारको वर्षाका कारण त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन बन्द हुँदा नुवाकोटका नदीपारिका बस्तीको जनजीवन प्रभावित भएको छ । नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक समस्या देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा जडान गरिएका तुइन बन्द गरिएको हो ।