SHARE
लोक पथ · आइबार​ ११ असो २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपीडितलाई कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा सरसफाइ सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा बसेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् । बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकका तर्फबाट उक्त सामग्री प्रभावित नागरिकलाई हस्तान्तरण गरेकी हुन् ।