SHARE
लोक पथ · आइबार​ ११ असो २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

नारायणी नदीको जलसतह खतराभन्दा माथि, गोब्रेनी बस्तीमा बाढी पस्न थाल्यो

काठमाडौं । लगातारको भारी वर्षाका कारण नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ । बिहान ८ः५६ बजे गरिएको मापनअनुसार नारायणी नदीको जलसतह ११.०६ मिटर पुगेको छ । सामान्यतया ९ मिटरलाई खतराको तह मानिने नारायणीमा पानीको सतह बढेपछि भरतपुर महानगरपालिका–१७ स्थित गोब्रेनी बस्तीमा बाढी पस्न थालेको हो ।