SHARE
लोक पथ · शनिबार १० असो २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

मौसम नखुलेसम्म धान नकाट्न मौसमविद्को आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।