एनपीएलअघि एक्सट्रीमको प्रचार अभियान, ७ टोलीका नाममा रंगशालाका गेट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम एनर्जी ड्रिंकले प्रचार अभियान सुरु गरेको छ । एनपीएलमा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको एक्सट्रीमले प्रतियोगिता सुरु हुनुअघि नै विभिन्न प्रचार कार्यक्रम सञ्चालन गरेको हो ।