SHARE
लोक पथ · शुक्रबार​ ९ असो २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री गुरुङ अनुगमनमा

काठमाडौं । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । गृहमन्त्री गुरुङ केहीबेरअघि च्यासल नजिकै पुगेका थिए । उनले नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै मनोहरा खोलाको बाढीको अवस्थाबारे अनुगमन गरेका हुन् । निरन्तर भइरहेको वर्षाका कारण काठमाडौंका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ ।