असोज १३ गतेसम्म क्षेत्रीय अधिवेशन गरिसक्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ महाधिवेशनअन्तर्गत आजसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ । यस बीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।