SHARE
लोक पथ · बिहीबार ८ असो २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

सानिमा मिडल तमोर हाइड्रोपावरले घोषणा गर्‍यो ५.२६ प्रतिशत नगद लाभांश

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।