SHARE
लोक पथ · बुधबार ७ असो २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

सेयर बजारमा भारी गिरावट, नेप्से ३६ अंकले घट्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर २६ सय १८ दशमलव ०३ बिन्दुमा झरेर बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ ।