SHARE
लोक पथ · बुधबार ७ असो २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

ग्लोबल साउथ नियम पालना गर्नेबाट नियम बनाउने भूमिकामा जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुनुपर्ने बताएका छन् । उनले विकासशील मुलुकहरू अरूले बनाएका नियम पालना गर्ने अवस्थाबाट अघि बढेर आफैँ नियम निर्माण गर्ने भूमिकामा पुग्नुपर्नेमा जोड दिए ।