SHARE
लोक पथ · मङगलबार ६ असो २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

भरी सिलिन्डरको सिल तोड्ने, ग्यास अभाव भन्दै कालोबजारी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पसलमा रहेका भरिएका ग्यास सिलिन्डरको सिल खोली ‘ग्यास रित्तो हो’ भन्दै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।