ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६ सानागाउँका ४७ वर्षीय सरोज नेम्कुल रहेका छन् । उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।