टोयोटाद्वारा बाढी पीडितका लागि ३ करोड रुपैयाँ सहयोग
काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । टोयोटा मोटर एसिया र टोयोटा सुशो एसिया प्यासिफिकसँगको समन्वयमा यूटीएसले उक्त रकम सहयोग गरेको हो ।