SHARE
लोक पथ · मङगलबार ६ असो २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

मनास्लुमा भारी हिमपात, आरोही धमाधम फर्किँदै

गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु हिमाल आरोहणका लागि मौसम प्रतिकूल बनेपछि आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन् । दुई सातासम्म मौसममा सुधार नआएपछि आरोहीहरू फर्किन थालेको मनास्लु हिमाल नजिकैको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।