SHARE
लोक पथ · आइबार​ ४ असो २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

रास्वपाले सरकारलाई भन्यो- ‘शवको डीएनए छिटो हुनुपर्‍यो’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवाको भोटेकोशी बाढीपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।