SHARE
लोक पथ · आइबार​ ४ असो २०८३ ०१:३२ AM · 1 मिनेट पढाइ

सप्तरीबाट १ हजार ४ सय किलो गाँजा बरामद, एक जना पक्राउ

काठमाडौं । सप्तरीबाट गएराति १ हजार ४०० किलो गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । राति करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका– ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको हो ।