SHARE
लोक पथ · शनिबार ३ असो २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

चीनमा उच्चस्तरीय भेटवार्ता र सैनिक संस्थाको निरीक्षणपछि स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए । चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।