SHARE
लोक पथ · शनिबार ३ असो २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनबाट संविधानका मूल्य-मान्यता जोगाउने संकल्प गर्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्ने संकल्पसहित आउने बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै थापाले संविधानका केही विषय परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।