SHARE
लोक पथ · शुक्रबार​ २ असो २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई गगनको सुझाव– ‘विगतको विरासत बोकेर, भविष्यको अगुवा बनेर जानुस्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ श्रृंखला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा थापाले यस्तो आग्रह गरेका हुन् ।