SHARE
लोक पथ · बिहीबार १ असो २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

पूर्णबहादुरले भने– ‘गगनजी सोच्नुस्, नत्र कांग्रेसपछि एमाले र नेकपा पनि विभाजन हुनेछन्’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी १५औँ महाधिवेशनको मिति सारेर सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका छन् । पार्टीको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा रहेको कांग्रेसमा देखिएको किचलोका कारण पार्टी थप संकटमा पर्ने भन्दै खड्काले सभापति गगन थापालाई सोचेर अघि बढ्न सुझाव दिए ।