SHARE
लोक पथ · बुधबार ३१ भौ २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

एक अर्ब ३४ करोड रुपैयाँको हुन्डी कारोबार गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ

काठमाडौं । अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार रुपैयाँबराबरको अवैध हुन्डी कारोबार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।