कांग्रेस १५औँ महाधिवेशन : सभापतिको उम्मेदवारी दस्तुर ४० हजार, कसको कति ?
काठमाडौं । १५औँ महाधिवेशनमा जुटेको नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ । जसमा तल्लो तहदेखि केन्द्रीय पदाधिकारीहरुको उम्मेदवारीका लागि दस्तुर तोकिएको छ । जसअनुसार केन्द्रीय सभापतिमा उम्मेदवारी दिनेले ४० हजार दस्तुर बुझाउनुपर्नेछ ।