नुवाकोट र रसुवालाई जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज जडान गरिने
काठमाडौं । भोटेकोसी बाढीका कारण सडक सम्पर्क विच्छेद भएको रसुवालाई नुवाकोटसँग जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म फलाँखु खोलामा बेलीब्रिज निर्माण गर्न लागिएको हो ।