SHARE
लोक पथ · मङगलबार ३० भौ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

सप्तकोशीको जल सतह अझै खतराको बिन्दुमा, २० ढोका खुला

सुनसरी । सप्तकोशी नदीको जल सतह मंगलबार बिहान ११ः१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ । कोशी परियोजनाले जारी गरेको सूचनाअनुसार बिहान ११ः१५ बजे सप्तकोशीमा एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गएरातिको तुलनामा कम हो ।