SHARE
लोक पथ · मङगलबार ३० भौ २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

काठमाडौंमा पब्जी मोबाइलको ‘साउथ एसिया फाइनल्स’ आयोजना हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ ।