क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा केसी
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अभिजित केसीलाई दिइएको छ । साउन १८ गते सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।