SHARE
लोक पथ · शुक्रबार​ १५ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

उद्योग विभागका अधिकांश सेवा अब पूर्णरूपमा ‘अनलाइन’ मार्फत, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

काठमाडौं । उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्णरूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ । विभागले अत्यावश्यक सूचना जारी गर्दैै हालसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवासमेत क्रमशः अनलाइनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ ।