सिटिजन्स बैंकको १०० भन्दा बढी सामाजिक कार्यक्रम, लाखौँ नागरिक लाभान्वित
काठमाडौं । सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा बैंकका विभिन्न सामाजिक कार्यक्रमबाट हजारौँ नागरिक लाभान्वित भएका छन् । बैंकले सातै प्रदेशका १४८ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।