गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री बालेनले लेखे– सत्यभन्दा शक्तिशाली अर्को शक्ति छैन
काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सोमबार बिहान नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पणसहित श्रद्धाञ्जली व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पणपछि आगन्तुक पुस्तिकामा आफ्नो सन्देश लेख्दै उनको जीवन, दर्शन र योगदानको प्रशंसा गरेका छन्।