नेपाल–भारत व्यापारलाई उत्पादन, लगानी र नवप्रवर्तनमुखी साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक कारोबारमा मात्र सीमित नराखी उत्पादन, लगानी, प्रविधि र नवप्रवर्तनमा आधारित रणनीतिक आर्थिक साझेदारीका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।