‘बिरामी हुँदा नागरिकलाई उपचार खर्चको चिन्ता नहुने गरी स्वास्थ्य बीमा सुधार्नुपर्छ’
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमामा देखिएका समस्या र नागरिकका गुनासो सम्बोधन गर्न तत्काल सुधारका उपाय खोज्नुपर्ने बताएकी छन् । नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमामार्फत सहजै उपचार पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन् ।