७ करोड लागतमा काठमाडौं–धुलिखेल मैत्री पार्क बन्ने, महानगरले दियो १ करोड
काठमाडौं। काभ्रेपलाञ्चोकको धुलिखेलमा काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा काठमाडौं–धुलिखेल मैत्री पार्क निर्माण हुने भएको छ। करिब १० रोपनी क्षेत्रफलमा निर्माण हुने पार्कका लागि ७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यस योजनामा काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ लागत सहभागिता उपलब्ध गराउने भएको छ।