नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा मन्त्री साहको पहल
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार र नेपालमा वैदेशिक लगानी आकर्षित गर्न युरोपेली देशहरूसँगको आर्थिक तथा व्यापारिक सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। नेपालका लागि युरोपेली राजदूतसँग आज भएको भेटवार्तामा मन्त्री साहले नेपाल र युरोपबीचको द्विपक्षीय व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयलाई प्राथमिकताका साथ उठाएका हुन्।