बालेन–मोदीको उपहारमा झल्कियो नेपाल–भारतको धार्मिक आस्था र सदियौँ पुरानो सांस्कृतिक सम्बन्ध
काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा दुई देशका प्रधानमन्त्रीले कूटनीतिक संवादसँगै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका उपहारसमेत आदानप्रदान गरेका छन्। उपहार आदानप्रदानमा दुवै देशको धार्मिक आस्था, ऐतिहासिक सम्बन्ध र सांस्कृतिक पहिचान झल्किएको छ।