कृषि बदल्ने प्रविधि हेर्न भृकुटीमण्डपमा पुगे ४२ हजार अवलोकनकर्ता, स्वदेशी उत्पादनदेखि एआई प्रविधिसम्म आकर्षण
काठमाडौं। कृषि क्षेत्रमा प्रविधिको बढ्दो आवश्यकता, आधुनिक उपकरणप्रतिको किसानको चासो र स्वदेशमै कृषि मेसिनरी उत्पादनको सम्भावना उजागर गर्दै आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चलेको प्रदर्शनीमा ४२ हजार १४९ जनाले अवलोकन गरेका छन्।