पूर्वअध्यक्ष कर्ण राजदूत नियुक्त भएपछि क्यान महासंघद्वारा विशेष सम्मान, प्रविधि कूटनीतिमा नयाँ अध्यायको अपेक्षा
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त भएको अवसरमा विशेष सम्मान प्रकट गरेको छ। महासंघको सचिवालय, खुसीबुमा आइतबार आयोजित कार्यक्रममा कर्णको नियुक्तिलाई नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै सम्मान गरिएको क्यान महासंघले जनाएको छ।