प्रधानमन्त्री शाहको भारत भ्रमणमा व्यवसायी दीपक थापा बिजनेस डेलिगेसन सदस्यमा मनोनीत
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारतको राजकीय भ्रमणका क्रममा सहभागी हुने नेपाली व्यवसायीहरूको प्रतिनिधिमण्डल (बिजनेस डेलिगेसन) सदस्यमा व्यवसायी दीपक थापा मनोनीत भएका छन्। परराष्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महाशाखाले मंसिर ३ गते पत्रमार्फत थापालाई बिजनेस डेलिगेसन सदस्यका रूपमा मनोनयन गरेको जानकारी दिएको हो।