एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’ देखिएपछि इसेवाको व्यवस्थापनमाथि प्रश्न
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै बिक्री सकिएको (सोल्ड आउट) देखिएपछि दर्शकले टिकट बिक्री प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुला गर्ने घोषणा गरिए पनि निर्धारित समयभन्दा अगाडि नै टिकटिङमा ‘सोल्ड आउट’ देखिएपछि समर्थकहरू आक्रोशित बनेका हुन्।