काठमाडौंका बजार २४ घण्टा चलायमान बनाइँदै
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लालाई चौबिसै घण्टा खुला राख्ने तयारी अघि बढाएको छ। जिल्लाका सबै क्षेत्रलाई २४ सै घण्टा सञ्चालनयोग्य बनाउन आवश्यक सुरक्षा व्यवस्था, पूर्वाधार र सेवा सुविधाको सुनिश्चितताका लागि प्रशासनले रणनीतिक तयारी थालेको हो।