निवर्तमान आईजीपी कार्कीको रिट निवेदनमा सोमबार सुनुवाइ हुने
काठमाडौं। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आगामी सोमबार सुनुवाइ गर्ने भएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मंसिर ७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।